राप्रपा नेपालसँग चाँडै पार्टी एकता हुने: अध्यक्ष राणा

प्रकाशित मिति : २०७३ कार्तिक २५ बिहिबार
पाँचथर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले अब चाँडै राप्रपा नेपालसँग पार्टी एकता हुने बताउनुभएको छ । 
 
पाँचथरको फिदिममा आज पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । दुवै पक्षबाट संवाद अघि बढाएर पार्टीलाई एक बनाएर लैजाने उहाँले बताउनुभयो । 
 
अहिलेको संविधानलाई संशोधन गरेर यथाशक्य स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको गाउँ नगरको संरचनालाई कायम गरेरै स्थानीय निकायको निर्वाचन गर्नुपर्दछ ।” 
 
मधेसी, आदिवासी जनजातिका मागलाई सम्बोधन गर्दै अब मुलुकलाई हिन्दू राज्य बनाउन लाग्ने उहाँले बताउनुभयो । उहाँले अङ्गिकृत नागरिकता भएको व्यक्ति संवैधानिक पदमा जान दिने पक्षमा पार्टी नरहेको उल्लेख गर्नु भयो । रासस 
 
नयाँ