arrow

लन्डन ट्राम दुर्घटनामा सातको मृत्यु, ५० घाईते

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
tram_Accident.jpeg
लन्डन। लन्डनमा बुधबार भएको ट्रयाम दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सुरुङबाट निस्किने क्रममा स्पिड बढी हुँदा नजिकको बारसँग ठोकिएर उक्त दुर्घट्ना भएको ट्राममा सवार घाईतेले बताएका छन्।
 
दुर्घट्नाग्रस्त ट्राममा च्यापिएकालाई निकाल्न घण्टौ लागेको थियो। अग्नि नियन्त्रक र प्रहरीको टोलीले च्यापिएकाको उद्दार गरेको थियो। 
 
घटनामा घाइते भएका ५० जनालाई स्थानीय अस्पतालमा भर्नागरी उपचार सुरु गरिएको लण्डन प्रहरीले बताएको छ । 
 
ट्रयामका चालकलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरिएको बताइएको छ । सडक दुर्घटना लन्डनको दक्षिण क्षेत्रमा भएको जनाइएको छ ।रासस÷एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ