arrow

पछिल्लो घटनाक्रम र राष्ट्रिय सभा निर्वाचनबारे प्रचण्ड–देउवा–ओलीबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
prachanda-deuba-oli-2080-09-08.jpg

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो । 

साथमा सो बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको पनि उपस्थिति रहेको थियो। आसन्न राष्ट्रिय सभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

राष्ट्रिय सभाको १९ सांसदका लागि मतदान हुनेछ । निर्वाचन आयोगले सबै प्रक्रिया पूरा गरिसकेको जनाएको छ । तीन दलबीच शक्ति बाँडफाँटका विषयमा छलफल भएको बुझ्न सकिन्छ । 

साथै पछिल्लो राजनीतिक घटनाक्रम र यसले पार्ने प्रभावका विषयमासमेत नेताहरुबीच गम्भीर छलफल भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ