arrow

प्रधानमन्त्री प्रचण्डलाई कारबाही गर्ने धम्कि दिएकाले लोकमानलाई महाभियोग : नेम्बाङ

औचित्य पुष्टि नभएसम्म संविधान संशोधन हुँदैन

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
subash-nembang-news-aaa.jpeg

विराटनगर । एमाले संसदीय दलका उपनेता एंव पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले आवश्यकता र औचित्य पुष्टि नभएसम्म संविधान संशोधन हुन नसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै नेम्बाङले संविधान संशोधन गर्ने हो भने सरकारले त्यसको आवश्यता र औचित्य पुष्टि गर्न सक्नुपर्ने औंल्याए ।

९० प्रतिशत सांसदको हस्ताक्षरमा बनेको संविधान संशोधनका लागि किन र के का लागि संशोधन गर्ने भन्ने विषयमा सरकारले अहिलेसम्म प्रमुख विपक्षीदल एमालेसँग कुनै छलफल नगरेको बताए । नेम्बाङले मुख्यदलको सहमतिमा यसअघि संविधान संशोधन भइसकेकाले पटक–पटक संविधान संशोधन गर्दै जाँदा थप समस्या सृजना हुने बताए ।

नेता नेम्बाङले संविधानको सफल कार्यान्वयनै अहिलेको आवश्यकता भएकाले त्यसका लागि मुख्य दलहरुबीच एकता आवश्यक रहेको बताए । निरंकुस सासनविरुद्ध जसरी मुख्य दल एक भएर आन्दोलन गरेका थिए संविधान कार्यान्वयनका लागि समेत त्यो एकता आवश्यक रहेको बताए ।

नेता नेम्बाङले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कार्वाही गर्ने धम्कि दिने देखि लिएर न्यायपालिका र व्यवस्थापिकाको काम कारबाहीमा समेत अवरोध गर्न खोजेकाले महाअभियोग प्रस्ताव आएको बताए । नेता तेम्बाङले सत्तापंक्षकै प्रस्तावमा अख्तियार प्रमुख कार्कीमाथि महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता गरेकाले प्रस्ताव सहजै पारित हुने जिकिर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ