arrow

माओवादी हेडक्वार्टर बैठक : नेताहरुबीच के भयो कुरा ?

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
maobadi-headqartar-meet.jpeg

काठमाडौं । सत्ताधारी दल माओवादी केन्द्रले संविधान संशोधनबारे पार्टीको आधिकारिक धारणा बनाउन केन्द्रीय कार्यालय (हेडक्वार्टर) बैठकमा गम्भीर छलफल थालेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको निवास लाजिम्पाटमा विहिबार बसेको बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनका विषय समेत छलफल भएको पार्टी प्रवक्ता पम्फा भूषालले जानकारी दिइन् । बैठकमा संविधान संशोधनमा पार्टीको धारणा र राष्ट्रिय सम्मेलनबारे नेताहरुले आ–आफ्नो धारणा राखेका छन् ।

आगामी मङ्सिर दोस्रो साता आयोजना गर्ने राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रतिवेदन र तयारीका बारेमा छलफल आरम्भ भएको प्रवक्ता भूषालले जानकारी दिइन् । यस्तै, बैठकमा सम्मेलनका एजेन्डा, सरकारको काम कारबाही तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत छलफल भएको छ ।

प्रवक्ता भूषालले भनिन्,  ‘सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउने, जनताको पक्षमा हुन सक्ने र गर्न सकिने कामलाई व्यापक तयारीका साथ अगाडि बढाउने, सबै वर्ग तथा क्षेत्रलाई समेट्ने गरी संविधानको संशोधन गरी सर्वस्वीकार्य बनाउने विषयमा नेताहरुले धारणा राख्नु भयो ।’

यस्तै, निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाभियोगबारे कुरा भएकोबारे उनले केही भनिनन् । बिहीबारको बैठक सकिएको र बैठक निरन्तर सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता भूषालले सुनाइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ