arrow

ट्रम्पसँग झगडा गर्ने साउदी अर्बपतिले समेत दिए बधाई

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
alan-news-aa.jpeg

एजेन्सी । एक वर्ष अघि एक साउदी अर्बपति व्यवसायी अलवालिड विन तलाल र नव निर्वाचित अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सामाजिक संजाल टुइटरमा निकै चर्काचर्कि भएको थियो ।

यद्यपि, वुधबार ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि साउदी अर्बपति तलालले ट्वीटरमा भएको आपसी झगडालाई किनारा लगाउँदै ट्रम्पलाई बधाई दिएका छन्  ।

तलालले आफ्नो आधिकारिक ट्वीटर पेज मार्फत अमेरिकी राष्ट्रपतिमा विजयी भएकोमा ट्रम्पलाई बधाई तथा शुभकामना दिएका हुन् ।

मुस्लिमहरुलाई अमेरिकामा प्रवेश रोक लगाउने ट्रम्पको अभिव्याक्तिप्रति आपत्ति जनाउँदै तलालले एक वर्ष अघि ट्रम्पलाई अनादर व्यक्तित्वको रुपमा चित्रण गरेका थिए ।

ट्रम्पले भने तलालले पैसाको आडमा अमेरिकी राजनीतिलाई नियन्त्रण गर्ने प्रयास गरेको बताउँदै आफु निर्वाचित भएमा उनले कदापी त्यसो गर्न नसक्ने बताएका थिए ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै तलालले भने दुईबीचको व्याक्तिगत सम्बन्धमा बढेको तिक्ततालाई मेट्ने प्रयास गरिरहेका छन् ।

ट्रम्प डेमोक्र्याटिक प्रत्यासी हिलारी क्लिन्टनलाई पराजित गर्दै बुधबार अमेरिकाको ४५औं राष्ट्रपतिको रुपमा निर्वाचित भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ