arrow

बिहान १ः४५ बजेको शुभ मुहूर्तमा वीरेन्द्रचोकमा ठडियो वीरेन्द्रकै शालिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ९ सोमबार
Shalik Birendra saha.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १० वीरेन्द्रचोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक पुनःस्थापना गरिएको छ । 

गएराति १ बजेर ४५ मिनेटको शुभ मुहूर्तमा शालिक स्थापना गरिएको बताइएको छ । 

शालिक ८ फिट अग्लो ढलोटको रहेको छ । शालिक निर्माणका लागि करिब २५ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।

यसअघि निर्मित शालिक माओवादीका कार्यकर्ताले तोडफोड गरेर फालेका थिए । 

पोखराका चोकहरुमा रहेका शालिकका विषयमा विवाद रहँदै आएको छ । 

विशेषगरि पोखराको पृथ्वीचोक, विरौटाको वीरेन्द्रचोकको शालिकको विषयमा विवाद छ । 

पृथ्वीचोकमा हाल लगन थापाको शालिक राखिएको छ भने विरौटाको वीरेन्द्रचोकलाई तमु ह्युल चोक नामाकरण गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ