arrow

बसको ठक्करबाट दुई जनाको मृत्यु, बसमा आगजनी, यातायात अवरुद्ध

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० पुष ९ सोमबार
sindhuli-bus-clash-2080-09-.jpg

काभ्रेपलाञ्चोक । सिन्धुली–बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ८ः१५ बजे बा प्र ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङका २४ वर्षीय सुसन राई  र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए । 

दुर्घटनापछि स्थानीयबासीले बसमा आगजनी गरेका छन् । अहिले बीपी राजमार्गको यातायातसमेत अवरुद्ध भएको छ ।  

चालक  रामेछापको मन्थली नगरपालिका–१३ बस्ने रुपेश अधिकारी नियन्त्रणमा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ