arrow

गरिबका लागि १० प्रतिशत रुपैँया नछुट्याउने निजी अस्पताल र अटेरी गर्नेहरुलाई कारबाही

संविधान संसोधन हुने ग्यारन्टी गरेर मात्र दलहरु अघि बढ्नु पर्छ

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
Gagan-thapa.jpeg

विराटनगर । स्वास्थ्यमन्त्री गगन कुमार थापाले प्रत्येक नेपाली जनतालाई सहज रुपमा स्वास्थ्यसेवा पुर्‍याउन सरकारले देशभर स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न लागेको बताएका छन् ।

विराटनगर विमानस्थलमा विहिबार संचारकर्मीसंग मन्त्री थापाले त्यसका लागि आउँदो पौष महिनाभित्र स्वास्थ्य सम्बन्धि नयाँ ऐन आउने र सबै नेपाली जनताले सहज रुपले स्वास्थ बीमा गर्न पाउने वातावरण बन्ने बताए ।

मन्त्री थापाले अगाडि भने, ‘मापदण्ड विपरीत संचालन भइरहेका स्वास्थ्य संस्थाहरु सबै चाँडै खारेज हुन्छन् । स्वास्थ्य संस्थाहरु मापदण्ड अनुसार छन् वा छैनन् भन्ने विषयमा अनुगमनका लागि मन्त्रालयलबाट विराटनगरमा टोली आएर अनुगमन शुरु गरिरहेको छ ।’

गुणस्तरीय स्वास्थ्य सेवा नदिने तथा असहाय एवं गरिबका लागि १० प्रतिशत रकम नछुट्याउने निजी अस्पताल तथा तोके भन्दा बढी शय्या राखेर अस्पताल संचालन गर्नेलाई तत्काल कारबाही टोलीलाई निर्देशन दिइसकिएको मन्त्री थापाको भनाई छ । अब उपचारको नाममा बढी रकम लिने र विरामीलाई सेवा नदिने अस्पतालहरुले उनमुक्ति नपाउने समेत मन्त्री थापाले बताए ।

स्वास्थ्य महाशाखाको चिकित्सक अनुगमन तथा महाशाखाको प्राविधिक टोलीले विराटनगरमा अनुगमन शुरु गरेको थापाले जानकारी दिए ।

संविधान संसोधन हुने ग्यारन्टी गरेर मात्र दलहरु अघि बढ्नु पर्छ
मन्त्री थापाले मुख्य दलहरुबीच संविधान संसोधन हुने ग्यारेन्टी गरेर मात्र संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।

मन्त्रीथापाले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने हतार भन्दा पनि  पहिले संविधान संसोधनका लागि नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा मओवादी केन्द्रबीच सहमति हुनु पर्ने धारणा मन्त्री थापाको छ ।  

मुख्यदलहरुबीच सहममति नभई संविधान संशोेधन प्रस्ताव अघि बढाउँदा सहमति जुट्न नसक्ने भएकाले सहमति आवश्यक रहेको मन्त्री थापाको भनाई छ । मन्त्री थापाले संविधान संसोधनका लागि प्रमुख विपक्षी दल नेकपा एमालेलाई समेत साथमा लिएर संविधान संसोधन प्रस्ताव दर्ता गर्नु पर्ने बताए ।  

मुख्य तीन दलकै सहमतिमा संविधान जारी भएकाले संविधान संशोधनका लागि समेत एमालेको सहयोग आवश्यक रहेकामा मन्त्री थापाले जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ