arrow

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ९ सोमबार
pm-prachanda-new.jpg
तस्बिर-फाइल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले (मङ्गलबार) दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । 

प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । 

विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ ।

भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन उनले सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ