arrow

बिजयकिल्ला सिन्धुलीगढीमा भब्य विजय उत्सव

logo
राजन परीयार,
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
sindhuli-mahotsab.jpeg
सिन्धुली। ऐतिहासीक सिन्धुलीगढी बिजयकिल्लामा बुधबार भव्य समारोह वीच २ सय ५० औं सिन्धुलीगढी बिजय उत्सव मनाइएको छ ।  वीर गोर्खाली फौज र स्थानीय मिलेर अंग्रेज फौजलाई पराजित गरेको दिनको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते सिन्धुलीगढी बिजयकिल्लामा विजयउत्सव मनाउँदै आइएको छ । ठिक आज भन्दा २ सय ५० वर्ष पहिले ब्रिटिस साम्राज्यबादी अंग्रेज कप्तान किनलोकको नेतृत्वमा आएको फौजलाई सिन्धुलीगढी क्षेत्रमा गोर्खा फौजको नेतृत्वमा रहेको नेपाली टोलीले पराजित गरेको स्मरण गर्दै भब्य रुपमा बिजयउत्सव समारोह सम्पनन् गरिएको छ । 
ऐतिहासीक सिन्धुलीगढी बिजयकिल्लामा आयोजित विजयउत्सव समारोहलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल सरकारका संघीय मामला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सिन्धुलीगढी नेपालकै ऐतिहासीक सम्पति भएको बताएका छन । मन्त्री पाण्डेले सिन्धुलीगढी राष्ट्रिय स्वाधिनताको आन्दोलनको प्रतिक भएकाले यस्को संरक्षण र सम्बद्र्धन गर्न जरुरी रहेकोमा जोड दिए । मन्त्री पाण्डेले भने, ‘सिन्धुलीगढीको चर्चा नेपालमा मात्र होइन, विट्रेनमा समेत हुने गरेको छ, यो ऐतिहासीक स्थलको संरक्षण हामी सवै मिलेर गर्नुपर्छ ।’इतिहासको रक्षा र विकासको लागी स्थानीयहरुलाई जागरुक हुन आग्रह गर्दै उनले सरकारको तर्फबाट केन्द्रिय योजनामा राखेर अगाडि बढाउने समेत प्रतिबद्धता व्यक्त गरे ।
 
कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले अहिले सरकारले संविधान कार्यान्वयनलाई पहिलो प्राथामिकतामा राखेर काम गरिरहेको भन्दै संविधानमा तोकिए अनुसार २०७३ भित्रै स्थानीय तहको निर्वाचन गराउन सरकार लागिरहेको बताए । पुनसंरचनाको काम सकेर स्थानीय तहको निर्वाचन गराउन सकेमा सरकार सफल हुने उनको धारणा थियो ।
संविधान कार्यान्वयन, भुकम्प पिडितहरुलाई अनुदान तथा पुर्ननिर्माण, शान्ति प्रक्रियालाई टुंगोमा पुरयाउनु, देशलाई आर्थिक समृद्धि तर्फ लैजानु र सुसासन प्रबद्र्धन गर्ने कार्यलाई सरकारले प्रमुख प्राथामिकतामा राखेर काम गरिरहेको मन्त्री पाण्डेको भनाई थियो । कार्यक्रमको अवसरकार आयोजना गरिएको साइकल यात्रा, म्याराथुन दौडका सहभागीहरुलाई विशेष धन्यवाद दिर्दै मन्त्री पाण्डेले यस्ले सिन्धुलीगढीको पुरानो राष्ट्रियताको युद्धलाई झल्काउन सफल भएकोमा खुसी व्यक्त समेत गरे ।
 
 उनले सिन्धुलीगढीमा विजयउत्सव मनाउने प्रचलनको सुरुवात गर्ने पत्रकार महासंघलाई समेत सरकारको तर्फबाट विशेष धन्यवाद व्यक्त गरे । कार्यक्रमममा पुर्व कृषि मन्त्री हरिबोल गजुरेल, नेपाली काग्रेसका संसद मोहन प्रसाद बराल, नेकपा(एमाले)का संसद गणेश पहाडी, प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्की लगायतले मनतव्य राखेका थिए । 
 
सिन्धुलीगढी विजयउत्सवकै अवसरमा समृद्ध सिन्धुली नागरीक अभियानले काठमाडौं सिन्धुली साइकल यात्राको आयोजना गरेको थियो भने कमलामाई नगरपालिका कार्यालय सिन्धुलीले हाफ म्याराथुन प्रतियोगीताको आयोजना गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ