arrow

टीआरसी विधेयक अगाडि बढाउन शीर्ष दलका नेता सहमत

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ९ सोमबार
prachanda-deuba-oli-2080-09-09.jpg

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक संसद्को हिउँदे अधिवेशनमा लैजान प्रमुख तीन दल सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता सहितको बैठक संसद्को आगामी अधिवेशनमा नै विधेयक अगाडि बढाउन सहमति नजिक पुगेका हुन् । 

पीडितलाई केन्द्रमा राखेर विधेयकमाथि संसदमा छलफल गर्न बैठक महत्त्वपूर्ण भएको एमालेका सचेतक महेश बर्तौलाले बताए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत मुख्य सचेतक लगायतका नेताहरू सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ