arrow

यस्ता छन् ट्रम्पले खाएका कसम, तर के उनले पुरा गर्लान ?

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
काठमाडौं। बुधबार अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएसँगै डोनाल्ड ट्रम्प यतिखेर विश्वभर छाएका छन् । हुन त अमेरिका जस्तो एउटा विश्व शक्ति राष्ट्रको शिखर पदमा पुगेको व्याक्तिको सर्वत्र चर्चा हुनु स्वभाविक पनि छ । जीतको खुशी त एकातिर छ नै तर आफुले बाडेको सपना र लिएको जिम्मेवारीको वजनले ट्रम्पको टाउको भारी हुन थालिसकेको छ । 
 
त्यसो त अमेरिकीहरु माझ वाचा गरिएका तिनै कसमहरु ट्रम्पका लागि राष्ट्रपतिमा निर्वाचित हुन अचुक अस्त्र बन्यो । तिनै मुद्धामा अडिक रहेका कारण पनि अमेरिकनहरुले क्लिन्टनलाई पाखा लगाएर ट्रम्पलाई रोजे । तर ट्रम्प आफुले लिएको जिम्मेवारी पुरा गर्न कतिको सक्षम छ ? अब उनको अग्निपरिक्षा सुरु हुनेछ । र अमेरिकीहरुमाझ उनले खाएका कसम यस्ता छन् । 
 
मेक्सिको सिमामा पर्खाल 
आफु राष्ट्रपतिमा निर्वाचित भए अमेरिका र मेक्सिकोबीचको सिमा क्षेत्रमा पर्खाल निर्माण गर्ने काम ट्रम्पको प्राथमिकताको विषय हो । यतिखेर ट्रम्पलाई सबै कुराको अनुकुलता मिलेको पनि छ । विशेषगरि अवैधानिक आप्रावासी र तिनीहरुबाट हुनसक्ने अपराधिक गतिविधिलाई रोक लगाउन आफुले पर्खाल निर्माण गर्ने ट्रम्पले बताउँदै आएका छन् । त्यसो त ट्रम्पले आफु राष्ट्रपतिमा निर्वाचित भए १ करोड बढी अवैधानिक आप्रावसीलाई मुलुकबाट धपाउने पनि बताएका थिए । 
 
यसले सम्पूर्ण अमेरिकी जनताको हित गर्ने पनि उनको दाबी छ । तर ट्रम्पलाई यो काम पुरा गर्न सजिलो भने हुनेछैन । ट्रम्पले यसका लागि ठूलो अर्थतन्त्र समेत खर्चिनुपर्ने देखिन्छ । उक्त पर्खालको निर्माण सम्पन्न हुन करिब २५ अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । मेक्सिकोले भने पर्खाल निर्माणको खर्च आफुले नबेहोर्ने प्रस्ट्याउँदै आएको छ । अमेरिका र मेक्सिकोबीचको सिमा क्षेत्रको दुरी १९ सय माइल छ ।  
 
हिलारी क्लिन्टनलाई जेल
ट्रम्पले हिलारी क्लिन्टनले जेल सजाय भोग्नुपर्ने बताएपछि उक्त कुराले निकै सनसनी मच्चाएको थियो । राष्ट्रपतिको निर्वाचन अघि भएको प्रतक्ष्य टेलिभिजन बहसमा ट्रम्पले क्लिन्टनलाई जेल सजाय भोग्नुपर्ने बताएका थिए ।
 
ट्रम्पले इमेल सुरक्षा प्रकरणमा संघीय जाँच ब्युरो एफबीआई ले क्लिन्टनलाई पटक-पटक सफाई दिएपनि आफु निर्वाचित भए नयाँ महान्याधिवक्ता नियुक्त गरेर भएपनि क्लिन्टनलाई दोषी सावित गराएरै छाड्ने बताएका थिए । एफबीआईले क्लिन्टनलाई सफाई दिएर बेइमानी गरेको पनि ट्रम्पले  आरोप लगाए । 
 
मुसलमानहरुलाई रोक
अमेरिकामा मुसलमानहरुको प्रवेशलाई रोक लगाउने ट्रम्पले अमेरिकीमाझ गरेको अर्को वाचा हो । ट्रम्पले मुसलमान अवलोकनकर्तामाथि निरन्तर कडा निगरानी राख्ने र मस्जिदहरुमा समेत निगरानी बढाउने बताएका थिए । एक कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले जबसम्म मुलुकमा के खराबी भइरहेको छ भन्ने कुरा पत्ता लाग्दैन तब सम्म मुसलमानहरु अमेरिकामा प्रवेश गर्ने कुरा अनिश्चित नै रहने बताएका थिए ।
 
तर मुसलमानहरुलाई रोक लगाउने कुरा ट्रम्पका समुहले उनको आधिकारीक वेबसाइटबाट हटाएका छन् । उक्त कुरा अहिले आएर किन हटाइयो भन्ने कुराको कारण भने बाहिर आएको छैन । 
 
यस्तै ट्रम्पले उत्तरी अमेरिका स्वतन्त्र व्यापार सम्झौंता, एनएएफटीए गर्ने, ट्रान्स प्यासिफिक पार्टनर्सिप, इरानसँग परमाणु सम्झौंता, पेरिस मैसम सम्झौंता लगायत अन्य थुप्रै वाचाहरु गरेका छन् । तर यी वाचाहरु ट्रम्पले पुरा गर्ने-नगर्ने कुरा भने अब उनले चाल्ने कदमहरुले प्रष्ट पार्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ