arrow

एनएसएलमा काठमाडौँ र ललितपुर भिड्दै, पोखरालाई हराउँदै धनगढी फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १० मंगलबार
nsl-dhangadhi-pokhara-2080-09-10.jpeg

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको इलिमिनेटर खेलमा आज लिग चरणमा तेस्रो भएको काठमाडौँ रेजर्स र चौथो भएको ललितपुर सिटीबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल आज साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुनेछ ।

यस खेलको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिम पोखरा थन्डर्ससँग खेल्ने छ । दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ । दोस्रो क्वालिफायर खेल आगामी बिहीबार हुने छ ।

यस सिजनको फाइनल खेल शनिबार हुँदैछ । 

जारी एनएसएलको पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुटआउटमा पोखरा थन्डर्सलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । 

लिग चरणका खेलहरु सकिएपछि शीर्ष चार क्लब प्लेअफमा पुगेका हुन् । जसमा पोखरा १५ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको हो भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको हो ।

 डिफेन्डिङ च्याम्पियन काठमाडौ १२ अंकसहित तेस्रो हुँदै र ललितपुर १० अंकसहित तेस्रो हुँदै प्लेअफमा छनोट भएको हो । त्यस्तै झापा एफसी र बुटवल लुम्बिनीले १०–१० अंक हासिल गरे पनि गोल अन्तरको आधारमा पाँचौँ र छैटौँ भएपछि प्लेअफमा पुग्न असफल भएका छन् ।

त्यसैगरी एफसी चितवनले ९ अंक हासिल गरी सातौँ, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामले ८९–८ अंक हासिल गरी आठौँ र नवौँ स्थान हासिल गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ