arrow

विद्यार्थी नेतामाथिको लाठीचार्जप्रति कास्की कांग्रेस र नेविसंघको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १० मंगलबार
Dek Pun.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीले प्रहरीले नेपाल विद्यार्थी संघ कास्कीका विद्यार्थी नेतामाथि गरेको धरपकड र लाठीचार्जको निन्दा एवं भर्त्सना गरेको छ ।

नेपाल सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति विरुद्व नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसले पुस ९ गते गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट भएको हस्तक्षेपको निन्दा गरेको हो ।

कास्की काँग्रेसका सभापति किशोरदत्त बरालद्वारा मंगलबार जारी विज्ञप्तिमा प्रहरीको लाठीचार्जबाट नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष डेक पुन गम्भिर घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ  ।

जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थी नेतासमेत रहेका पुनको हाल गण्डकी मेडिकल कलेजमा टाउँकोको शल्यक्रिया भई थप उपचारका क्रममा रहनु भएकाले शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा घाइते विद्यार्थी नेताको निःशुल्क उपचारका लागि नेपाल सरकारसँग जोडदार माग गरिएको छ । साथै घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कारवाही गर्न माग गरिएको छ । 

यता, नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिले पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको घटनाप्रति खेद व्यक्त गरेको छ ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गरी विद्यार्थी नेता पुनमाथि भएको प्रहरी दमनका बारेमा सत्यतथ्य छानबिन गरी दोषी उपर कार्वाही गर्न माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ