राष्ट्रिय सभाका लागि सिटौलादेखि आचार्यसम्मको नाम सिफारिस
हाम्रा कुरा
प्रकाशित २०८० पुष १० मंगलबार
1.1k
Shares
विराटनगर । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौलादेखि महेश आचार्यसम्मको नाम सिफारिस भएको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश समिति बैठकले जिल्लाबाट आएका नामबाट उनीहरुको नाम सिफारिस गरेको हो । आउँदो ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचन उम्मेदवारका लागि कांग्रेस कोशीले उनीहरुको नाम सिफारिस गरेको हो ।
कांग्रेस कोशी प्रदेश समितिको बैठकले कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मीनेन्द्र रिजाल, सुजाता कोइराला, डिला संग्रौला, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको हो ।