arrow

पोखरा सडक महोत्सव लेकसाइडको तीन किलोमिटर क्षेत्रफलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १० मंगलबार
rewan-pokhara.jpg

पोखरा । पोखरा सडक महोत्सवको २५ औँ संस्करण बिहीबारदेखि शुरु हुने भएको छ । महोत्सवको सबै तयारी पूरा भएको रेवान पोखराले जनाएको छ । 

पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडको ३ किलोमिटर क्षेत्रफलमा हुने महोत्सव रजत जयन्तीका रुपमा १६ गतेसम्म चल्ने आयोजक रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) ले जनाएको छ ।

रेवानले बर्षेनी अंग्रेजी नयाँ अवसरका अवसरमा महोत्सव आयोजना गर्दै आएको छ । विगतमा अंग्रेजी नयाँ वर्षमा नेपालमा बाह्य पर्यटक शून्य हुने अवस्थामा विदेशी पाहुना डाक्ने उद्देश्यसहित महोत्सव सुरुआत गरिएको आयोजकको भनाइ छ ।

सडकमै खाऔं, सडकमै रमाऔं भन्ने नारासहित मनाइने महोत्सवमा थारु, मगर, किरात, नेवारीलगायत जातजाति तथा समुदायको परम्परागत भेषभूषासँगै संस्कृति समावेश गरिने आयोजकको भनाइ छ ।

रेवानका अध्यक्ष नरेश भट्टराईका अनुसार महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रदर्शन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिनेछ । 

महोत्सव करिब ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव संयोजक विश्वराज पौडेलले बताए । 

यसैबीच होटल प्रतिनिधि समाज पोखराले सडक महोत्सवको पूर्व सन्ध्यामा सरसफाइ गर्ने भएको छ । 

समाजले बुधबार बिहान महोत्सव स्थल वरपर सरसफाइ गर्ने महासचिव माधव लम्सालले जानकारी दिए ।

उनले सरसफाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन संघसंस्था तथा पोखरावासीलाई आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ