arrow

सरकारको नेतृत्व सम्हालेको प्रचण्डको एक वर्ष पूरा, राष्ट्रका नाममा सम्बोधन [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १० मंगलबार
prachanda-2080-09-10c.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको छ । यो तेस्रो पटकमा पहिलो पटक उनले एक वर्ष कार्यकाल पूरा गरेका हुन् । यसअघि उनले एक वर्षे कार्यकाल खान पाएका थिएनन् । 

सो क्रममा सरकार एक वर्ष पूरा भएको अवसरमा उनले आज देशवासीका नाममा सम्बोधन गरेका छन् । सम्बोधन गर्दै उनले लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्त्वपूर्ण सफलता प्राप्त भएको बताएका छन् । 

उनले भने, ‘ले संसद्मा शुरुकै दिन गरेको सङ्कल्प थियो, सुशासन । देशमा एउटा भिआइपी कल्चर स्थापित भइरहेको थियो । हाई प्रोफाइलहरूलाई कानुनले छुनै सक्दैन भन्ने आममनोविज्ञान बनिरहेको थियो । सरकारले नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, त्रिभुवन विमानस्थलबाट सुनको अवैध आयातलगायत काण्डमा इतिहासकै सबैभन्दा ठूलो अनुसन्धान र कारबाही गरेपछि जनतामा लोकतन्त्रप्रति भरोसा बढेको छ ।’

कहिल्यै कानूनले नछुने ठानिएका उच्चपदस्थहरू कानूनको नियन्त्रणमा आएको उल्लेख गर्दै उनले थपे, ‘देशमा पहुँच होइन, विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले कतै कुनै लापरबाही गरेन । यसबाट कानुनको सर्वोच्चता मात्र होइन, लोकतन्त्रकै सर्वोच्चता पनि स्थापित भएको छ । यसलाई मैले लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण भनेको छु ।’ 

यो क्रम निरन्तर जारी रहने जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी र सहकारीका ठगहरू पनि राज्यको नियन्त्रणमा आइरहेको बताए । 

“वर्षौंदेखिको विकृति र बेथितिको चक्र भत्काउन सरकार उत्तिकै प्रतिबद्ध छ । एनसेलको शेयर बिक्रीबारे जानकारी पाएलगत्तै अत्यन्तै संवेदनशीलताका साथ यो विषयलाई लिँदै छानबिन तथा अध्ययन समितिमार्फत राष्ट्रिय हितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ”, उनले भने । 

यस्तो छ सम्बोधनको पूर्णपाठ–

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ