arrow

ललितपुर एनएसएलको दोस्रो क्वालिफायरमा, साविक विजेता काठमाडौँ बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
nsl-kathmandu-lalitpur-2080.jpg

काठमाडौँ । ललितपुर सिटी एफसी नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगिताको दोस्रो क्वालिफायरमा पुगेको छ । मंगलबार बेलुकी सम्पन्न इलिमिनेटरमा साविक विजेता काठमाडौँ रेजर्सलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको हो ।

ललितपुरको जितमा नाइजेरियन खेलाडी इमाह इजेकिएलले दुई गोल गरेका थिए भने फ्रेन्च खेलाडी पापा इबोउ केबेले एक गोल गरेका थिए । पहिलो हाफमा २ गोल गरेको ललितपुरले दोस्रो हाफमा १ गोल थपेको थियो ।

३६औँ मिनेटमा इजेकिएलले गोल गर्दै ललितपुरलाई शुरुआती अग्रता दिलाएका थिए भने ४४ औँ मिनेटमा केबेले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । त्यस्तै दोस्रो हाफको ५२ औँ मिनेटमा इजेकिएलले हेडमार्फत आफ्नो दोस्रो गोल गर्दै ललितपुरको अग्रता तेब्बर पारेका थिए ।

यो जितसँगै अब ललितपुर यस सिजनको दोस्रो क्वालिफायरमा पुगेको छ । दोस्रो क्वालिफायरमा ललितपुर सिटीले बिहीबार पोखरा थन्डर्सको सामना गर्ने छ । बिहीबार हुने यस खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्ने छ ।

पहिलो क्वालिफायरमा धनगढीले पोखरालाई हराएको थियो । यस सिजनको फाइनल खेल आगामी शनिबार दशरथ रंगशालामा हुने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ