arrow

म्याद तामेलीको १५ दिन गुजारेपछि तारेख बुझे लोकमानले, कसलाई पठाए अदालत ?

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
lokman-karki.jpg.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीले म्याद तामेल भएको भाका सकिएपछि तारेख बुझेका छन् । कार्कीले म्याद तामेली पछि सुरुको १५ दिन गुजारेर तारेख बुझेका हुन् ।

कार्कीले विहिबार कानुनु व्यवसायी तेजबहादुर कटुवालमार्फत वारेसनामा पठाएर तारेख बुझेका बताइएको छ । तारेख बुझेसँगै मुद्दाको पेशी समेत तोकिएको सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार अघिल्लो मुलु मुद्दा र कार्कीको सेवा सुविधा खोस्नु भनि परेको निवेदन एउटैमा राखेर पेश गर्नु भनिएको छ । मुद्दाको पेशी आउँदो मंसिर १६ गतेका लागि तोकिएको समेत पौडेलले जानकारी दिएका छन् ।

कार्कीको योग्यतासम्बन्धी मुद्दामा सर्वोच्चले पुनरावलोकनको फैसला सुनाएपछि कात्तिक १ गते म्याद तामेली भएको थियो । अदालतको आदेश अटेर गर्दै आएका कार्की म्याद छल्न विदेश समेत गए ।

उनी विदेश भएका उनकै निर्देशन र योजनामा ज्वाइँ, पूर्व कानून सचिव, प्रहरी नायव निरीक्षक लगायतको टोलीले म्याद तामेलीमा गएको सर्वोच्चको टोलीमाथि अवरोध गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको सेवा सुविधा खोस्न तथा सात दिन भित्र अदालतमा हाजिर हुन भन्दै छुट्टा–छुट्टै रिट निवेदन दर्ता गरेका थिए ।

यसैबीच, विहिबार सर्वोच्चले कार्कीको सुविधा खोस्न माग गर्दै परेको निवेदनबारे सुनुवाई गर्दै सो निवेदनलाई मुल मुद्दासँगै पेश गर्न निर्देशन दिएको छ । सर्वोच्चमा मुद्दा चलिरहेकै बेला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव पेश भएपछि उनी स्वतः निलम्बनमा परेका छन् । यद्यपि,

कार्कीको सेवा सुविधा नखोस्दा प्रमाण नष्ट गर्न सक्ने भन्दै अधिवक्ता अर्यालले सबै सुविधा खोस्न माग गर्दै निवेदन दर्ता गरेका थिए ।

यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बिहीबार यो निवेदनलाई मुल मुद्दासँगै राखेर पेश गर्न आदेश दिएको सहप्रवक्ता पौडेलले हाम्राकुरालाई जानकारी दिए ।

सात दिनभित्र हाजिर हुने मुद्दाको म्याद तामेली
सात दिनभित्र अदालतमा हाजिर हुन भनि परेको रिट म्याद तामेली प्रक्रियामा गएको छ । पौडेले भने, ‘त्यो प्रक्रियामा गइसकेको छ । म्याद तामेली भएको छ ।’ म्याद तामेलीमा अवरोध गरेको भन्दै अधिवक्ता अर्यालले नै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए । अर्यालले अवरोध गर्ने चार जनाको नाम किटान गरेका थिए भने बाँकी संलग्नबारे अनुसन्धान गर्न माग गरेका थिए ।

अदालतले सोमबार सात दिनभित्र लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएकामा बिहीबार म्याद तामेली भएको छ । म्याद तामेली भएपछि अब कार्कीलाई सात दिनभित्र अदालतमा हाजिर हुनु पर्ने कर लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ