arrow

विप्लवले भने-  सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने चित्र चल्दैन [भिडियो]

मोर्चाको बैठक आज साँझ ६ बजे बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
Biplav-Netra-chand.jpg

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिएका छन् । 

आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि कुरा सह्य नहुने बताएका हुन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विप्लवले बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरुको बारेमा छलफल शुरु भएको बताए । 

विप्लवलाई अदालतबाट पक्राउ पूर्जि जारी गरिएको छ । उनले सरकारसँगको सहमति र अदालतको पक्राउ पूर्जिबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको बताए ।

उनले भने, ‘बैठक आजबाट शुरु भएको छ । देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरुको बारेमा छलफल शुरु भएको छ । आज साँझ फेरि ६ बजे यही बैठक हुन्छ र निर्णय हुन्छ, यो चाहीँ चल्दैन । सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने जो खालका चित्रहरु देखिएका छन्, त्यो चल्दैन ।’

नेता चन्दले समाजवादी मोर्चाको बैठक आज साँझ ६ बजे बालुवाटारमा नै बस्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ