arrow

काठमाडौँको यस्तो छ तापक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
weather-himalaya-2080-06-18.jpg

काठमाडौँ। अहिले काठमाडौँमा वायुको तापक्रम ११ डिग्री सेन्टिग्रेड रहेको र पारदर्शिता (भिजिबिलिटी) चार हजार पाँच सय मिटर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसैगरी काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम सात दशमलव आठ डिग्री रहेको तथा आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् रोजन लामिछानेले बताए । 

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ । 

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी आज राति कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ