arrow

सकस बन्यो स्थानीय पुर्नसंरचना निर्माण

स्याङ्जाबाट सिफारिस हुन सकेन

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
syanja-jilla-final2.jpg.jpeg
स्याङ्जा । स्थानीय तह पुनःसंरचना प्राबिधिक जिल्ला समितिले स्याङ्जालाई ११ केन्द्र रहने गरि सिफारिस गर्न खोजेपनि त्यो सफल हुन सकेन् । दलिय सहमतिमा सिफारी गर्ने योजना बनाएको स्थानीय पुर्नसंरचना प्राविधिक समिति स्याङ्जालाई अहिले सकस बनेको छ । जिल्लालाई ५ नगरपालिका र ६ गाउँपालिकामा विभाजित गर्दै ११ केन्द्र रहने गरि सिफारिस गर्न खोजे पनि राजनीतिक खिचातानीले सफल हुन नसकेको हो । 
 
सिफारिस हुन लागेका नगरपालिकामा पुतलीबजार, भीरकोट, वालिङ्, चापाकोट र गल्याङ् हुन् भने गाउँपालिका तर्फ आँधीखोला, फेदीखोला, अर्जुनचौपारी, बिरुवा अर्चले, हरिनास र कालीगण्कडी रहेका छन् । सिफारिसको तयारी गरिएको गल्याङ् प्रश्ताबित नगरपालिका हो । नगरपालिका तर्फ पुतलीबजारको स्याङ्जा बजार, भीरकोटको बयरघारी, वालिङ्को वालिङ् बजार, चापाकोटको सुन्तलीटार र गल्याङ्को गल्याङ् बजार केन्द्र रहने गरि सिफारिसको तयारी गरिएको प्राबिधिक समितिले जनाएको छ । समितिले तयार पारेको गाउँपालिका तर्फ भने आँधीखोलाको सेतिदोभान (कृषि), फेदीखोलाको फेदीखोला बजार, अर्जुनचौपारीको अर्जुनचौपारी बजार, बिरुवा अर्चलेको बिरुवा बजार, हरिनासको चिसापानी र कालीगण्डकीको र्मिमि वा बिर्घाको भुष्टुङ्लाई केन्द्र बनाउने करिब सहमति भएको छ । 
 
तयार भएर पनि सिफारिस हुन नसेको नगरपालिकामा टक्सार, पौवेगौडे, ठूलाडिही, बहाकोट, कोल्मा बराहचौर, राङ्भाङ् गाविसको ९, पेल्काचौर गाविसको १, २, ४, ५, ६, ७ र ८ वडा र साविकको पुतलीबजार गाँभेर पुतलीबजार नगरपालिका बनाइएको छ । त्यसैगरि भीरकोट नगरपालिकामा माझकोट सिवालय, छाङ्छाङ्दीका १, ५ र ६ वडा बाहेक, स्वरेक गाविसका ५, ६ र ७ बाहेक र कालिकाकोट गाविसका ६, ७ र ८ वडालाई गाभ्ने तयारी गरिएको छ । उता वालिङ् नगरपालिकामा एलादी, सिर्सेकोट, जगतभञ्ज्याङ्, थुमपोखरा, मल्याङ्कोटको ४, केवरेको २, ८ र ९, तीनदोबाटेको ४ र ५, पेलाकोटको ५ र ६ तथा स्वरेक गाविसका १, २, ३, ४, ८ र ९ वडालाई मिलाउने अन्तिम तयारी गरिएको समितिले जनाएको छ ।
 
सेखाम, साँखर, पक्वादीको ७ र ८ बाहेक केवरेका २, ८ र ९ बाहेक र मल्याङ्कोट गाविसको वडा नं. ४ बाहेकका वडाहरु गाभिएर चापाकोट नगरपालिका बन्ने भएको छ । प्रश्तावित गल्याङ् नगरपालिकामा भने जगत्रदेबी, मालुङ्गा, तुलसीभञ्ज्याङ्, निबुवाखर्क, पिडीखोला, पेलाकोट गाविस र पक्वादीका ७ र ८ बाहेक, तीनदोबाटेका ४ र ५ वडा बाहेकका वडालाई गाभ्ने गरि छलफल भएको छ ।  गाउँपालिका तर्फ आँधीखोलामा सेतीदोभान, फापरथुम, चिलाउनेबास, बिचारी चौतारा र वाङ्सिङ् देउराली गाविस छन्, भने फेदीखोला गाउँपालिकामा फेदीखोला, बाँगेफड्के, भाटखोला र आरुखर्क गाविस गाभ्ने गरि तयारी भएको छ । 
 
त्यसैगरि अर्जुनचौपारी गाउँपालिकामा अर्जुनचौपारी, रापाकोट, आरुचौर, पञ्चमूल र सतौं दरौं गाविस गाभिने निश्चित छ । बिरुवा अर्चले गाउँपालिकामा बिरुवा अर्चले, ओरष्टे, मनकामना, चिन्नेबास, राङ्भाङ्को ९ नं. वडा बाहेक सबै, पेल्काचौरको ३ र ९, तथा किचनासको ६ र ९ बाहेक वडाहरु गाभिने छन् । हरिनास गाउँपालिकामा मग्याम चिसापानी, किचनास गाविसका ६, ८ र ९, चित्रेभञ्ज्याङ्, चिन्नेबासका ७, ८ र ९, तथा क्याक्मी गाविस गाभिने छन् । कालीगण्डकी गाउँपालिकामा चण्डीभञ्ज्याङ्, आलमदेबी, बिर्घा कारीकोट चण्डीभञ्याङ र श्रीकृष्णगण्डकी गाविस गाभिने छन् । 
 
तयार भएको नगरपालिका र गाउँपालिकालाई बुधबार साँझसम्म सिफारिस गर्न खोजिएपनि त्यो सफल हुन सकेन् । राजनीतिक दलहरुबीचमा केहि गाविसका केहि वडाहरुका बारेमा छलफल गर्न बाँकी रहेकाले बिहीबार मध्यान्हसम्ममा सिफारिस गरिने समितिले जनाएपनि समाचार तयार पार्दा सम्म सिफारीसको टुङ्गो लाग्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ