arrow

कानुनमन्त्रीले भने- प्रधानमन्त्रीको सोचअनुसार काम गर्न नसक्ने मन्त्री बिदा हुनुहुन्छ

छानबिन सुरु हुन्छ तब ठुला मान्छेको नाम जोडिन्छ अनि निष्कर्षमा पुग्न नपाउँदै रोकिन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
dhanraj-party.JPG

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले प्रधानमन्त्रीको सोचअनुसार काम गर्न नसक्ने मन्त्री बिदा हुने बताएका छन् । 

प्रेस युनियन स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले यस्तो बताएका हुन् । 

मन्त्रीहरूको कामको मूल्याङ्कन, पार्टीको स्वीकृतिमार्फत मन्त्रिपरिषद् पुनः गठन हुनसक्ने उनको भनाइ थियो । 

“प्रधानमन्त्रीको सोचअनुसार काम गर्न सक्ने मन्त्रिमण्डलमा अटाउनु हुन्छ”, उनले भने, “सोअनुसार काम गर्न नसक्ने बिदा हुनुहुन्छ ।” मन्त्रिमण्डल पुनः गठन गर्दा गठबन्धनमा सहभागी भएका राजनीतिक दलहरूको सहमतिबाटै हुने उनको भनाइ थियो ।

उनले भ्रष्टाचारलगायतका विभिन्न विषयमा ठुला मान्छे जोडिएपछि छानबिन फितलो हुने गरेको भन्दै यसलाई अझ दरिलो तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिए । 

 “भ्रष्टाचार, तस्करी, सुन काण्डलगायतका विषयमा जब छानबिन सुरु हुन्छ तब ठुला मान्छेको नाम जोडिन्छ अनि निष्कर्षमा पुग्न नपाउँदै रोकिन्छ, यो प्रवृत्तिको अन्त्य हुनुपर्छ, दोषी जोसुकै भए पनि सजायको भागीदार हुनै पर्छ”, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ