arrow

बालकृष्ण खाँड पहिलो पटक पुगे कांग्रेस केन्द्रीय समिति बैठकमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
balkrishna-khand.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँड जेलबाट छुटेपछि पहिलो पटक केन्द्रीय समिति बैठकमा सहभागी हुन बीपीनगर, सानेपा पुगेका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्रीसमेत रहेका उनी करिब सात महिना जेलमा थिए । जेलबाट हालै उनी धरौटीमा रिहा भएका थिए ।

उनी जेलमा रहे पनि पार्टीले उनको पद भने निलम्बन गरेको थिएन । हिजोदेखि शुरु भएको केन्द्रीय समिति बैठकको पहिलो दिन भने खाँड उपस्थित भएनन् । 

उनको विचाराधीन मुद्दा किनारा लाग्न बाँकी भएका कारण अन्य सार्वजनिक कार्यक्रममा भने उपस्थित भएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ