arrow

मधेसमा नयाँ विद्राेह : ‘स्वाभिमानी वीरगन्ज, सबल मधेश’ अभियान

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
birgunj-new-bid.jpeg

वीरगन्ज । ऐतिहासिक, साहसिक तथा मधेश स्वभिमानको आन्दोलनभूमि वीरगन्जको मनोबललाई खस्काउन दलालहरु सक्रिय भएकाले उनीहरुले छर्ने भ्रमबाट वीरगन्जलाई बचाउन मधेश आन्दोलनविरुद्धको षडयन्त्रलाई असफल पार्ने भनि ‘स्वभिमानी वीरगन्ज, सबल मधेश’ अभियान सुरु भएको छ ।

दलालहरुको पर्दाफास गर्न र आफ्नै आत्म सम्मानको लागि अभियान थाल्नु परेको एक जना अभियन्ता निखिल बर्णवालले बताए । ‘वीरगन्जको रक्षा गर्ने नाममा सक्रिय भएकाहरुलाई चिनौं, दलालहरुले नगर जोगिने होइन भ्रमित मात्र हुने हो ।

मधेसका गद्दार तथा वीरगन्जवासीका सत्रुहरु सक्रिय भएका छन्, वीरगन्ज बचाउ आवरणमा,’ बर्णवालले भने, ‘हाम्रो जितमा बाधा पार्न वीरगन्जको नाममा गोहीको आँसु बगाउनेहरुले बुझ्न जरुरी छ, –हामी थाकेका छैनौं, हारेका छैनौं जित्न मात्र बाकी छ ।’

यस्तो बेला मधेश आन्दोलनको नेतृत्वकर्ता शहर वीरगन्जको मनोबल गिराउने प्रयास गर्नेहरुको सामना गरेर सबल मधेशभित्र स्वभिमानी र विकसित वीरगन्जको कल्पनालाई यथार्थमा बदल्न आवश्यक रहेको अभियन्ताहरुले जनाएका छन् ।

‘चिनीया लगानी र एमाले पार्टीको डिजाइनमा चलाईएको षडयन्त्रले वीरगन्ज जोगिदैन । यहाँका मानिसहरुमा भएको जुझारुपना समाप्त पार्न वीरगन्को मनोविज्ञानमा माथी कब्जा गर्नेहरुबाट साच्चिकै वीरगन्जलाई जोगाउन जरुरी रहेको संघीय समाजवादी फोरम नेपालका नेता सलाउदीन अमहदले बताए ।

‘यो मुलुकको प्रत्येक लोकतान्त्रिक आन्दोलन र संघर्षमा अग्रणि भुमिकामा रहदै आएका मधेसी, मुस्लिम, दलित, थारू, आदिवासी जनजाति, महिला तथा अन्य अल्पसंख्यक समुदाय माथि पाहाडिया उच्च जाति अहंकारवादी खस ब्राह्मणहरुले एकल जातीय शासन गर्दै आएका छन्,’ अहमदले भने, ‘यस बिरुद्ध मधेशी र अन्य उत्पीडित समुदायहरुले गरेका बिभिन्न चरणको आन्दोलनमा ५० बढीको ज्यान गयो ।

मुलुकको पूर्ण लोकतान्त्रिकरणका लागि भएका आन्दोलनका माग, उपलब्धी र भवनालाई दोस्रो संबिधानसभाले लत्याएपछि फेरी आन्दोलन बाध्यता बन्यो ।’ उनले आन्दोलनले मधेशको मुद्दालाई उचाईमा लगेकाले यसलाई उल्लेखनीय उपलब्धी भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ