arrow

रोटरीका प्रशिक्षकहरुलाई प्रशिक्षण 

logo
सरोजश्री अधिकारी,  
प्रकाशित २०८० पुष १३ शुक्रबार
rotary-training-2080-09-13.jpg

काभ्रेपलाञ्चोक । रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल–भुटानमा आबद्ध नेपालभरका प्रशिक्षक रोटरियनहरुलाई सिन्धुलीको मुलकोटमा प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

नेपालभरका रोटरी क्लबहरुमा आबद्ध प्रशिक्षकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रोटरी डिस्ट्रिक्ट ३२९२ को प्रशिक्षण समितिका सहअध्यक्ष विष्णुहरि दाहालले बताए ।

शुक्रबार र शनिबार गरी दुई दिन चल्ने प्रशिक्षणलाई रोटरीका प्रमुख प्रशिक्षकहरु जयन्द्र रिमाल, लक्ष्मण ज्ञवाली, सञ्जय गिरी, दिलेन्द्रराज श्रेष्ठ, जितेन्द्रबहादुर राजभण्डारी र सन्तोष रिजालले प्रशिक्षण दिनेछन् ।

यसैगरी, प्रशिक्षणकै दौरान आयोजित प्यानल छलफलमा प्यानलिस्टहरु डिस्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजू, डिस्ट्रिक्ट गभर्नर ९इलेक्टेड० राजेन्द्रमान शेरचन र डिस्ट्रिक्ट गभर्नर (नोमिनी) विनोद कोइराला रहेका छन् ।

प्रशिक्षण कार्यक्रममा विभिन्न रोटरी क्लबका ७५ जना सहभागी छन् ।

रोटरियनहरु बिष्णुहरि दाहाल, अशोकमान कपाली र अशोक प्याकुरेलले कार्यक्रमको सहजीकरण गरेका छन् ।

‘स्वार्थभन्दा माथि सेवा’ भन्ने भावकासाथ सामाजिक सेवामा कार्यरत रोटरी अभियान नेपालमा सन् १९५९ मा सुरु भएको हो ।

हाल रोटरी डिस्ट्रिक्ट ३२९२ मातहत १५४ क्लबमा ५ हजार ५४२ जना सदस्य आबद्ध छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ