arrow

राणा तरुणदलको केन्द्रीय सदस्यमा उठ्दै

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
tarun-k-sa-ma-ranako-umm.jpeg

काठमाडौं । नेपाल तरूण दलमा चुनावी सरगर्मी चुलिएको छ । चुनाव नजिकिँदै जाँदा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने र आफ्नो प्रचारप्रसारलाई मूर्तता दिने काममा उम्मेदवारका आकांक्षीहरू लागिपरेका छन् ।

तरुण दलको चौथो महाधिवेशनमा कास्कीका सुरजजङ्ग राणाले केन्द्रीय सदस्यमा उमेदवारी दिने भएका छन । विपीको सपना शान्ति ,विकास र सुशासन तरुण साझेदारीका लागी चौथो राष्ट्रिय महाधिवेशन भन्ने मुल नाराका साथ आगामी कार्तिक २७ देखि २९ गते सम्म पोखरामा हुन गइरहेको नेपाल तरुण दलको चौथो महाधिवेशनमा राणा केन्द्रिय सदस्यमा उमेदवारी दिने भएका हुन् ।

बिगत १५ वर्षदेखि नेपाली कांग्रेसमा सक्रिय रुपमा लागेका राणाले खुल्ला तर्फ उमेदवारी दिने भएका हुन । कास्कीबाट केन्द्रिय सदस्यका आकंक्षीहरु काठमाण्डौ धाइरहेको वेलामा राणा कास्कीमानै महाधिवेशन भब्य र सभ्य तबरले सम्पन्न गराउन लागी परेका छन् ।

सानै उमेरदेखि नेपाली कांग्रेसमा सक्रिय भएर लागी परेका राणा वि।स।२०६० देखि २०७१ सम्म नेपाल तरुण दल नगर अध्यक्ष, नेपाली कांग्रेसको हालै सम्पन्न १३ औ महाधिवेशनमा कास्की क्षेत्र नम्बर १ बाट क्षेत्रिय सचिव भइ तरुण दलको महाधिवेशन प्रतिनिधी रहेका छन ।

उनी राजनितीमात्र नभइ विभिन्न सामाजिक संघ सस्थामा समेत आवद्ध रहदै आएका छन । राणा लेखनाथ जेसिसको पूर्व अध्यक्ष २००८, लेखनाथ उद्योग वाणिज्य संघको निवर्तमान कार्यसमिती सदस्य, अन्तराष्ट्रिय तेक्वान्दो महासंघ (आइ टी एफ) कास्कीका अध्यक्ष, लेखनाथ खेलकुद बिकास समितीका प्रथम उपाध्यक्ष, लेकसिटी युथ क्लवका संस्थापक र तरुण दल लेखनाथ नगर कमिटीका निवर्तमान अध्यक्ष भएर काम गरिसकेका छन ।

राणा कास्कीका पूर्व सभामुख एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट , कास्कीका सांसद यज्ञ बहादुर थापा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सांसद जीवन परियार, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको निकट रहेर संसदीय चुनावमा युवा परिचालन क्षेत्र नम्बर एकको संयोजक भइ काम गरिसकेका छन् । राणा जिल्लामा मात्र नभई केन्द्रमा पूर्व रक्षामन्त्री बालकृष्ण खांड र सांसद तथा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष उदय शमसेर राणाका निकट मानिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ