arrow

एनएसएल फुटबलको उपाधिका लागि धनगढी र ललितपुर भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
nsl-2080-09-14.jpeg

काठमाडौँ । जारी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुँदैछ ।

खेल काठमाडौँस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि शुरु हुनेछ । लिग चरणमा ८ खेलमा ३ जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

त्यस्तै लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार बेहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

धनगढी एफसी एनएसएलको पहिलो सिजनको उपविजेतासमेत हो । सन् २०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौँ रेजर्ससँग १–० गोल अन्तरले पराजित भएर उपविजेतामा चित्त बुझाएको थियो ।

त्यस्तै ललितपुर सिटी एफसी भने पहिलो पटक फाइनलमा पुगेको छ । 

यसअघि पहिलो सिजनमा ललितपुर दोस्रो क्वालिफायरमा काठमाडौँ रेजर्ससँग ३–० ले पराजित हुँदै बाहिरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ