arrow

के भने गृहमन्त्रीले प्रधानमन्त्रीलाई दुई जनाको ज्यान लिएको बालकुमारी घटनाबारे ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
eps-agression-20800913-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’ लिएका छन् । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतसँग घटनाबारे जानकारी लिएका हुन् । 

प्रधानमन्त्री दाहाललाई उनीहरुले घटनाका सम्बन्धमा जानकारी गराउँदै उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समितिसमेत गठन गरिएको बताएका थिए । 

प्रधानमन्त्री दाहालले घटना दुःखद् भएको उल्लेख गर्दै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

घटनामा २ जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् । 

प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । मृत्यु भएका दुई मध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएकाले शव परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण जानकारी हुनेछ । घटनामा डोटीका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको हो । 

कोरियामा रोजगारीका निम्ति रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षामा सामेल हुन नपाएको भन्दै युवाहरुले प्रदर्शन गरेका थिए । त्यस क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए ।  

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नाका साथै हवाइफायर गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ