arrow

एमालेसहित पाँच दलद्वारा पुनःसंरचना आयोगको निर्णयको विरोध

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
विराटनगर । नेकपा (एमाले)सहित पाँच दलले स्थानीय निकाय पुनःसंरचना आयोग मोरङले पुनःसंरचनासम्बन्धमा गरेको निर्णयको विरोध गरेको छ । 
 
एमाले सहित राप्रपा नेपाल, राप्रपा, नेमकिपा र नेकपा (माले) ले आज अपराह्न विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गरी यसअघि राजनीतिक दलबीच भएको निर्णय विपरीत स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले भ्रामक संरचना तयार पारेको आरोप लगाएका छन् । 
 
सो अवसरमा एमाले मोरङका अध्यक्ष महेश रेग्मीले विराटनगर उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउनका लागि आवश्यक पर्ने मापदण्ड पूरा नगरी महानगरको माग गरेर सो समितिले भ्रम सिर्जना गरेको बताए। महानगरपालिका हुन कम्तीमा दुई लाख ५५ हजार जनसङ्ख्या आवश्यक पर्छ । यतिखेर उपमहानगरपालिकाको जनसङ्ख्या दुई लाख एक हजार मात्र छ । जनसङ्ख्याको मापदण्ड पूरा नगरेर महानगरपालिका बन्न नसक्ने थाहा हुँदाहुँदै पनि यसतर्फ सो समितिले ध्यान नदिएको उहाँको भनाइ छ । 
 
उनले विराटनगरको चक्रपथलाई आधार बनाएर विराटनगर महानगरपालिका बनाउने सिफारिस हुनुपर्ने र विराटनगरसँग जोडिएको टङ्कीसिनुवारी गाविसलाई पनि समावेश गरी ठोस मापदण्डका साथ महानगरपालिका बनाउनुपर्ने माग गरे । 
 
विराटनगरको चक्रपथभित्रका कटहरी, भाथिगछ, झोराहाट, बुधनगर, वैद्यनाथपुर लगायत गाविसलाई समावेश गरेमा महानगरपालिकाको जनसङ्ख्याको मापदण्ड पूरा हुने रेग्मीको सुझाव छ । स्थानीय पुनःसंरचना आयोगले मोरङमा एक महानगरपालिका, १० नगरपालिका र छ गाउँपालिका बनाउनुपर्ने सिफारिस गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ