arrow

ललितपुर एनएसएलको नयाँ च्याम्पियन, धनगढी दोस्रो पटक उपविजेता [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
nsl-football-final-2080-(15.jpg

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार भएको रोमाञ्चक फाइनलमा धनगढी एफसीलाई ३–२ ले हराउँदै ललितपुर नयाँ च्याम्पियन बनेको हो । 

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरले १–० ले पछि परेको अवस्था उल्ट्याउँदै जितसहित उपाधि उचाल्न सफल भएको हो । 

खेलको ३७औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दै धनगढीलाई अग्रता दिलाए पनि पहिलो हाफको इन्जुरी समयमा इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई बराबरीमा ल्याए । 

५०औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै ललितपुरलाई २–१ को स्थितिमा ल्याए । ५८ औं मिनेटमा इजेकेलले गोल गर्दै ललितपुरलाई ३–१ को स्थितिसहित जित नजिक पुर्याए । 

अन्तिम समयमा अहमद हिजाजीले गोल गर्दै धनगढीलाई ३–२ को स्थितिमा ल्याए पनि उपाधि जित्न भने सकेनन् । 

यसअघि ८०औँ मिनेटमा आगेमाङले रातो कार्ड पाएपछि धनगढी १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा ललितपुरले उठाउनै परेन । 

तर यो हारले धनगढीलाई भने ठूलो मर्माहत भएको छ । धनगढी लगातार दोस्रोपटक उपविजेतामा सीमित बन्न बाध्य भएको हो । पहिलो संस्करणको फाइनलमा पनि धनगढी पराजित भएको थियो । पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो । 

लिग चरणमा ८ खेलमा ३ जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको धनगढी पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार बेहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँलाई र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

फाइनलमा दर्शक खचाखच भरिएका थिए । 

nsl-football-final-2080 (1).JPG
nsl-football-final-2080 (2).JPG
nsl-football-final-2080 (3).JPG
nsl-football-final-2080 (4).JPG
nsl-football-final-2080 (5).jpg
nsl-football-final-2080 (6).jpg
nsl-football-final-2080 (7).jpg
nsl-football-final-2080 (8).JPG
nsl-football-final-2080 (9).JPG
nsl-football-final-2080 (10).jpg
nsl-football-final-2080 (11).JPG
nsl-football-final-2080 (12).JPG
nsl-football-final-2080 (13).JPG
nsl-football-final-2080 (14).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ