arrow

तनहुँको डुम्रेबाट विदेशी पर्यटक सम्पर्कविहीन

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
Tanahun_District.png
तस्बिर-फाइल

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-१ स्थित डुम्रे बजारबाट एक विदेशी पर्यटक सम्पर्कविहिन भएका छन् ।

क्यानडाका किल्क मिल्हौसेन तीन दिनदेखि सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ ।

पोखराबाट काठमाडौँ जाने क्रममा मिल्हौसेन डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

बन्दीपुरस्थित पर्यटन प्रहरी कार्यालयले बन्दीपुरका पर्यटन तथा होटल व्यवसायीलाई निजको खोजतलासमा सहयोग गर्न आग्रह गरेको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए ।

उनले भने, “उहाँ चढेको गाडीमा उहाँको सामान थियो, सामान काठमाडौँ पुगेको छ । उहाँ डुम्रे बजारमा झरेपछि सम्पर्कविहीन भएको खबर आएको छ । खोजतलासका लागि हामीले पनि सहकार्य गरेका छौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ