arrow

तराईमा हुस्सु, हिमाली भू-भागमा हिमपात

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १५ आइतबार
cold-weather.jpg

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका स्थानहरुमा हुस्सु लागेको अवस्था छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। 

देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 भोलि सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, बागमती र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 मंगलबार कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, बागमती र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक – दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ