arrow

कुलेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ७४३ को उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १५ आइतबार
kmc-2080-09-15-final.jpg

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले काठमाडौँको कुलेश्वरमा निःशुल्क स्वास्थ्य सेवा दिएको छ । कुलेश्वर आवास मावि र काठमाडौँ सक्रिय युवा समाजको आयोजना तथा लाइन्स क्लब अफ काठमाडौँ, नेचुरल काठमाडौँ र लाइन्स क्लब अफ काठमाडौँ पचली भैरवको सहआयोजनामा काठमाडौँ महानगरपालिका वडा नं १४ सामुदायिक सेवा केन्द्र कुलेश्वर आवास परिसरको सहकार्यमा उक्त शिविर भएको हो । 

शिविरमा ७४३ बिरामीको उपचार गरिएको थियो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार ४२ जनाको ईसीजी, ११३ जनाके ल्याब परीक्षण, ८९ जनाको अल्ट्रासाउन्ड गरिएको थियो । 

त्यस्तै २३ जनाको दाँत खोलिएको थियो भने २८ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ