arrow

रोशी ६ को नवनिर्मित भवन उद्घाटन

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० पुष १५ आइतबार
roshi-gaupalika-6-2080-09-1.jpg

काभ्रेपलाञ्चोक । बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले जनताको जीवनस्तर उठेमात्रै राजनीति गरेको अर्थ हुने बताएका छन् ।

रोशी गाउँपालिका वडा नम्बर ६ को नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै मन्त्री लामाले सो भेगका स्थानीयको शिक्षा, चेतनाको स्तर उठेको भन्दै आर्थिक समृद्धिको लागि जीवनस्तर उठाउनुपर्ने बताए ।

पोटाखोला हुँदै घट्टेखोला सम्मको सडक कालोपत्रे तत्काल गर्ने भन्दै उनले सिपाली हुँदै जाने सडक पनि प्रदेश सरकारमार्फत स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरे । 

स्थानीयसमेत रहेका उनले सो क्षेत्रका हरेक बिकासमा आफू साथसाथै रहने प्रतिबद्धता जनाए ।

पूर्व मन्त्री एवं माओवादी केन्द्र बाग्मती प्रदेश सभाका मुख्य सचेतक रत्नप्रसाद ढकालले २०७४ सालको प्रदेश सभा निर्वाचनबाट आफू निर्वाचित भएदेखि नै आफूले वडा नम्बर ६ को विकासका विभिन्न आयोजनामा बजेट बिनियोजन गराएको भन्दै पोटाखोला–घट्टेखोलाबाट सिपाली हुँदै महाभारत जाने सडक पनि आगामी वर्ष कालोपत्र गर्ने प्रतिबद्धता जनाए ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले विकास निर्माणको लागि सबै सरकार अग्रसर रहेको भन्दै वडामा भएको विकास उपभोग गर्न अनुरोध गरे ।

नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले रोशी, तेमाल र नमोबुद्ध नगरपालिकाले बिकासका साझा प्रयास गर्न अन्तरपालिका बैठकहरु गरिरहेको बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले रोशीमा क्रमशः विकास हुँदै गएको भन्दै अब आर्थिक स्थिति सुधारका लागि आयआर्जनका काममा पनि जोड दिनुपर्ने बताए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले चुनावमा गरेका प्रतिवद्धता क्रमशः पूरा गर्दै लगेको बताए । उनले सम्भावना नभएका कुराको प्रतिवद्दता नगरेको भन्दै उनले सबै क्षेत्रको बिकासको लागि पहल गरिरहेको बताए ।

धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगमले स्थानीय तह घरदैलोको सरकार रहेको भन्दै जनताको मन जित्ने गरि काम गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भवन बन्दा हर्षोउल्लास भए जस्तै सेवा लिदा पनि त्यत्तिकै हर्षोल्लास होस् भन्दै सेवा प्रभावकारी, सरल र सहज होस् भन्ने शुभकामना व्यक्त गरिन् ।

रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइवाले अबको ३ वर्षमा सिपाली हुँदै डाडापारी छिचोल्ने बाटो कालोपत्र हुने अपेक्षा गरे ।

रोशी गाउँपालिकाका पूर्व उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौलाले रोशीमा क्रमशः विकास हुँदै गएको भन्दै अझै पहल र बिनियोजन गरिदिन अनुरोध गरिन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष गुणराज मोक्तान, रोशी गाउँपालिकाका प्रवक्ता बसन्तकुमार मोक्तान, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, वडा नम्बर ६ का अध्यक्ष नारायणबहादुर शिवाकोटी, पूर्व अध्यक्ष पदमबहादुर लामा, वडा सदस्य मन्जु लामा लगायतले प्रशासनिक भवन बनेसँगै वडाबाट हुने सेवा गुणस्तरीय र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जग्गादाताहरु स्व. टेकबहादुर तामाङ, स्व. रामबहादुर तामाङको परिवारका साथै रत्नबहादुर तामाङ, मानबहादुर तामाङ, धनबहादुर तामाङ, ज्ञानबहादुर तामाङ र २०७४ सालको स्थानीय तहमा निर्वाचित गाउँपालिका अध्यक्ष दलबहादुर (डीबी) लामा, उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौला र वडा समितिका अध्यक्ष पदमबहादुर लामा, सदस्य नारायणबहादुर शिवाकोटी, राजु शाही, पन्चमाया तामाङ, नरमाया वि।कलाई सम्मान गरिएको थियो ।

जिल्ला समन्वय समितिसंंगको लागत साझेदारीमा ५८ लाखको लागतमा भवन र घेराबार सम्पन्न भएको हो । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिको पहिलो कार्यकालमा गाउँपालिकाको ६० प्रतिशत र जिल्ला समन्वय समितिको ४० प्रतिशत साझेदारीमा ३० लाखको लागतमा दुई तले भवनको पहिलो तला सम्पन्न भएको थियो ।

स्थानीय तहको निर्वाचन २०७९ पछि दोस्रो तलाको वाल, कार्यालय घेराबारको लागि पुनः लागत साझेदारीमा २८ लाखको लागतमा काम सम्पन्न भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङका अनुसार, वडा नं ५ को भवनमा अन्तिम चरणको काम बाँकी छ भने वडा नं ८ को भवन निर्माण सम्पन्न भइसकेको छ । यी बाहेक अन्य सबै वडाले आफ्नै भवनबाट सेवा दिइरहेको तामाङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ