arrow

चिसिदै काठमाडौँ, कहाँ कति छ न्यूनतम तापक्रम ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १६ सोमबार
weather-
तस्बिर – फाइल ।

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।

दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही र बांकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भूभागमा आंशिक बदलीका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपात तथा तराईका भूभागमा बिहानीपख हुस्सु र कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तापक्रम

काठमाडौँ उपत्यका भने चिसिदै गएको छ । उपत्यकाको सोमबारको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । यद्यपि यो यसवर्षको सबैभन्दा चिसो दिन भने होइन । गत साता न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियससम्म झरेको थियो । 

सोमबार सबैभन्दा कम जुम्लामा माइनस ५.३ डिग्री रहेको छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम जनकपुरमा १३.४ डिग्री रहेको छ । 

अधिकतम तापक्रम भने दिपायलमा २५ डिग्री रहेको छ । काठमाडौँमा १९.२ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । 

पछिल्लो २४ घण्टामा कतै पनि वर्षा भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ