arrow

मन्त्री अनितादेवी र सांसद सीके राउत पक्राउबारे सभामुख घिमिरेको चासो

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १६ सोमबार
ck-anitadevi-arrest-2080-09.jpg

काठमाडौँ । सभामुख देवराज घिमिरेले जनमत पार्टीका अध्यक्ष एवं सांसद सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउबारे चासो राखेका छन् । 

सोमबार ‘राष्ट्रिय धोती दिवस’भन्दै निकालिएको र्‍याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न खोजेपछि राउत, देवी, खानसहित ५३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

संसदीय दलका नेता, सांसद तथा संसदीय समिति सभापति पक्राउ परेपछि सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख बसन्त कुँवरबाट जानकारी लिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

उनका अनुसार सभामुख घिमिरेसँगको फोन सम्पर्कमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले हिरासतमै गएर प्रहरी नियन्त्रणमा रहेका सांसदहरुलाई छुटाउने बताए । 

लगत्तै भृकुटीमण्डप पुगेर गृहमन्त्रीले सांसदहरुले छुटेको जानकारी दिएका थिए भने प्रहरी महानिरीक्षक कुँवरले घटनाबारे जानकारी गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ