arrow

बालकुमारी घटनाका मृतकका परिवार र सरकारबीच चार बुँदे सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १६ सोमबार
balkumari-eps-fire-2080-09-.jpg

काठमाडौँ । सरकार र बालकुमारी घटनामा ज्यान गुमाएका मृतक परिवारबीच चार बुँदे सहमति भएको छ। सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतक परिवारबीच भएको छलफलमा चार बुँदे सहमति भएको हो।

गत शुक्रबार ललितपुर महानगरपालिका ८ बालकुमारीस्थित ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको थियो।

ज्यान गुमाउनेमा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाह रहेका छन् । 

मृतक परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरिसकेकोमा आज मृतक परिवारका सदस्य एक–एक जनालाई रोजगारी दिने सहमति भएको छ । 

त्यसका साथै सरकारले अतिरिक्त थप राहत उपलब्ध गराउन पहल गर्ने सहमति भएको छ। दुवै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुवै जनाको शव परिवारले बुझ्ने सहमति भएको छ। शव सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध पनि गृहले नै मिलाउने सहमति पत्रमा उल्लेख छ।

सरकारको तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । वीरेन्द्रका बुवा टेकबहादुर शाह र सुजनकी मामा टेकबहादुर कटुवालले पनि हस्ताक्षर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ