arrow

१४ जिल्लाको विवाद नमिले तरुणदलको निर्वाचनमा भाग नलिने पौडेल पक्षको चेतावनी

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
tarun-dal-new.jpg.jpeg
काठमाडौं । नेपाल तरुण दलको शनिबारदेखि सुरूहुने निर्वाचनको लागिथ काँग्रेसको तीन गुटबीच ध्रुवीकरण भएको छ । संस्थापन पक्षको रूपमा रहेको दउवा र ते्िरो धारको रूपमा रहेको सिटौला पक्ष अहिले चुनाव जसरीपनि गर्नेपर्ने पक्षमा रहेको छ भने वरिष्ट नेता रामचन्द्र पौडेल पक्ष भने अहिले जारी रहेको विवाद नमिली महाधिवेशन सुरू गरिए महाधिवेशन प्रक्रियामा भाग नलिने चेतावनी दिँदै आएको छ । 
 
यस अघिसम्म १६ जिल्लालाई विवादित भनेको पौडेल पक्षले सूर्खेत र उदयपुरमा नयाँ नेतृत्व आएपछि बाँकी रहेका १४ जिल्लामा निर्वाचित प्रतिनिधि नआएको खण्डमा त्यहओ आफूहरूलाई स्वीकार्य नहुने बताउँदै आएको छ । 
 
पौडेल पक्षबाट अध्यक्षकी आकांक्षी लक्ष्मी खतिवडाले उक्त १४ जिल्लाको विवाद नमिले महाधिवेशनमा भाग नलिने धोषणा गरिन् । ‘हामी जवर्जस्ती सहँदैनौं ।’ उनले भनिन् ‘त्यसलाई भागवण्डाबाट छान्ने प्रयास गरिन्छ भने हामी उद्घाटनपूर्व बहिस्कार गछौं र त्यसलाई पनि पेलेर जान खोजे सशक्त प्रतिकार गछौं ।’सशक्त प्रतिकार भनेको के हो भन्ने प्रश्नमा भने उनले समानान्तर समिति समेत गठन हुनसक्ने जनाउ दिईन् । 
 
उता, सिटौला पक्षभने आज व्यापक भेलाको तयारीमा रहेको छ । आफ्नो पक्षको धारणा स्पष्ट पार्नकोलागि केन्द्रीय प्रतिनिधिहरूलाई बोलाईएको उक्त भेला पोखराको सहयात्री पार्टी प्यालेसमा हुँदैछ । भेलालाई नेता कृष्णप्रसाद सिटौला, स्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापा लगायतले सम्बोधन गर्ने तयारी रहेको उक्त समूहबाट अध्यक्षका आकांक्षी नारायण भट्टराईले जानकारी दिए । भट्टराईले आफूहरू कुनैपनि हालतमा तरुणदलको महाधिवेशन रोक्न नहुने पक्षमा रहेको स्पष्ट पार्दै यसै विषयमा आफ्नो धारणा केन्द्रीय प्रतिनिधिलाई स्पष्ट पार्न यस्तो भेला आयोजना गरीएको बताए । 
 
केहीदिन अघि पत्रकारसम्मेलन गरेर देउवा पक्षको स्पष्ट धारणा आउनेगरी तरुणदल अध्यक्ष उदयशम्शेर राणाले पनि जुनसुकै हालतमा पनि महाधिबेशन तोकिएकै मितिमा हुने घोषणा गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ