arrow

विश्वविद्यालय सञ्चालन गर्न तीन सय सैयाको अस्पताल हुनुपर्छ – स्वास्थ्य मन्त्री बस्नेत

logo
सुनिल आउजी, 
प्रकाशित २०८० पुष १६ सोमबार
mohanbahadur-basnet-2080-09.jpg

धनगढी । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन तीन सय सैयाको अस्पताल चल्नु पर्ने बताएका छन् । 

सोमबार धनगढीमा नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय जे बनाउन पनि कम्तीमा  तीन सय सैयाको अस्पताल चलेको हुनुपर्ने बताए ।

विश्वविद्यालय बनाउन अस्पताल राम्रो चलेको हुनुपर्ने बताउँदै मन्त्री बस्नेतले एक सय सैयाको अस्पताल संचालनका लागि दरबन्दी स्वीकृत गरि काम अघि बढेको र  यसलाई राम्रोसँग चलाएर तीन सय सैयाको अस्पतालको प्रकृया अघि बढाउनु पर्ने उल्लेख गरे । 

तीन सय सैयाको अस्पताल पूर्णरुपमा संचालनपछि स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय चलाउन कुनै समस्या नहुने मन्त्री बस्नेतको भनाइ छ  । मेडिकल क्षेत्रका जुनसुकै विद्यार्थीलाई पनि बिरामी चाहिने भएकाले अस्पताल चलेको हुनुपर्ने उनको धारणा छ ।

‘स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बन्न शुरुमा एक सय सैयाको अस्पताल राम्रोसँग चल्नु पर्छ’, उनले भने, ‘त्यसपछि तीन सय सैयाको अस्पताल चलाउने र त्यो राम्रोसँग चलेमात्र स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बनाउन योग्य हुन्छ ।’

उनले गेटामा केही थप स्वास्थ्यकर्मीको व्यस्थापन गरी उपचार सेवा शुरु गरेको बताए । गेटामा एक सय ४१ जना स्वास्थ्यकर्मीको स्वीकृति भएको हुँदा अहिले एक सय सैयाको अस्पताल चलाउन समस्या नहुने उनको भनाइ छ । 

यसैगरी मन्त्री बस्नेतले रहर गर्दैमा एकैचोटी स्वास्थ्य विश्वविद्यालय नबन्ने बताए । उनले आफू स्वास्थ्य मन्त्री भएदेखि स्वास्थ्य क्षेत्रमा धेरै सुधार गरेको दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ