arrow

चीनका पूर्व प्रहरी प्रमुखलाई मृत्युदण्डको घोषणा

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
China_Police_Chief_hang.jpeg
एजेन्सी। चीनले आफ्नो पूर्व प्रहरी प्रमुखलाई मृत्युदण्ड दिने घोषणा गरेको छ । पूर्व प्रहरी प्रमुख हाओ लिपिङलाई विभत्स हत्या, भ्रष्टचार गरेको आरोपमा शुक्रबार उत्तरी राज्य सान्छीको ताइयुवान सहरस्थित एक अदालतको मृत्युदण्डको फैसला गरेको हो । 
 
लिपिङलाई गत मार्च महिनामा एक जना व्याक्तिको विभत्स हत्या गरेको भन्ने पनि आरोप छ । प्रहरी सेवामै रहँदा लिपिङले करीब ३ लाख अमेरिकी डलर भ्रष्टचार गरेको अधिकारीलाई उद्रित गर्दै चिनियाँ संचार माध्यमले जनाएका छन् । 
 
गत वर्ष लिपिङले एकजना महिलाको हत्या गरेको र पछि अनुसन्धानले ती महिला उनकै श्रमती रहेको कुरा खुलेको थियो । श्रीमतीले भ्रष्टचार नियतको कुरा पर्दाफास गर्ने चेतावनी दिएपछि उनले श्रीमतीको विभत्स ढंगले हत्या गरेका थिए । 
 
लिपिङ सन् २००५ मा प्रहरी प्रमुख भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ