arrow

भागबन्डाका लागि कांग्रेस–माओवादीबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
prachanda-deuba-shake-hand.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेसबीच आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको सिट भागबन्डा गर्ने विषयमा छलफल भएको छ । 

मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकाक कांग्रेसका नेता र सरकार नेतृत्वकर्ता दल माओवादीका नेताबीच राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि गठबन्धन गरेर जाने विषयमा छलफल भएको हो ।

माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन र कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र नेता रमेश लेखक सहभागी बैठकमा यसअघिको मतभार, अहिलेको अवस्थालाई आधार मानेर सिट बाँडफाँट गर्ने विषयमा छलफल भएको छ । 

यद्यपि गठबन्धनका अन्य दलसँगको छलफलपछि मात्रै टुंगो पुग्ने उनीहरुको तयारी छ । राष्ट्रिय सभा सदस्य  चयनका लागि आउँदो ११ माघमा निर्वाचनमा हुँदै छ । 

१९ सिटमा निर्वाचन हुन लागेको हो । जसका लागि २३ पुसमा उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ । तर यसअघि नै सिट भागबन्डाको टुंगो लगाउन गठबन्धनका नेताहरुले छलफल थालेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ