arrow

संसद् बैठक बहिस्कार आन्दोलनको पहिलो स्वरूप : गठबन्धन

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
gathabandhan-meet-new.jpg.jpeg
काठमाडौं । संघीय गठबन्धनले संसद्को शुक्रबार बसेको बैठक बहिस्कार गरेको छ । बैठक सुरू भएपछि संघीय समाजबादी फोरमका अशोक राईले विशेष समय लिएर बोलेपछि गठबन्धनमा आबद्ध दलका सांसद्हरूले बैठक बहिस्कार गरेका हुन् । 
 
बिहीबार बसेको बैठकले संसदीय संघर्ष राईको नेतृत्वमा गर्ने निर्णय गरेको थियो । त्यसै निर्णय अनूरूप गठबन्धनले बैठक बहिस्कार गरेको गठबन्धनको सचिवालय संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिए । 
 
गठबन्धनले अहिलेको सरकार गठन हुने बेला भएको ३ बुँदे सहमति कार्यान्वय नगरेको भन्दै सरकार विरूद्ध नै आन्दोदन गर्नै चेतावनी दिँदै आएको छ । अहिलेको सरकारलाई ३ बुँदे सहमति कार्यान्वयन गर्ने शर्तमा समर्थन जनाएको थियो । 
 
संयोजक श्रेष्ठले आजको बहिस्कारसँगै आन्दोलनको पहिलो चरण सुरूभएको जनाउ दिएका छन् । आफ्ना मागहरू पूरा नगरेकोले संघर्षमा उत्रिनुपरेको उनको भनाई थियो । संयोजक श्रेष्ठले अब के–कस्तो कार्यक्रम गर्ने भन्ने विषयमा धेरै निर्णय नभएको भन्दै फेरि बैठक बसेर यसको कार्यान्वयन गरिने स्पष्ट पारे । 
 
‘हामीले अहिले सदनमा संघर्ष गर्ने मात्रै निर्णय गरेका छौं ।’ उनले भने ‘त्यसपछि के गर्ने भन्ने  विषय थप घलफलबाट टुङ्गोमा पुग्छौं ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ