arrow

मन्त्री ज्वालालाई फिर्ता गर्न प्रचण्डले गरे माधव नेपाललाई टेलिफोन

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
prachanda-madhav-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई टेलिफोन गरेका छन् । 

नेकपा एसबाट मन्त्री भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई फिर्ता गर्न भन्दै उनले अध्यक्ष नेपाललाई टेलिफोन गरेका हुन् । 

बालकुमारीमा अप्रिय घटना हुनुमा मन्त्री ज्वालाको पनि हात रहेको भन्ने विवेचना भएसँगै प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपाललाई टेलिफोन गरेका हुन् । 

जवाफमा माधव नेपालले के भने भन्ने बारेमा यकिन आइसकेको छैन । 

बालकुमारी घटनामा कोरियाली भाषा परीक्षाको माग गर्ने दुई युवाको मृत्यु भएको थियो । 

युवाहरु आन्दोलित रहेका बेलामा सोही सडकको प्रयोग गरेर मन्त्री ज्वाला जबरजस्ती अगाडि बढ्न खोज्दा उनी सवार सरकारी गाडी आक्रोशित युवाहरुले जलाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ