arrow

सूर्यदर्शन सहकारी ठगी प्रकरणका गुरुङ र अर्यालको सुनुवाइ प्रहरीको नियन्त्रणमै रहेर

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
mahendra-bhabishwor-kaski.jpg

पोखरा । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा जोडिएका सञ्चालक समितिका पूर्व सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र सञ्चालक भविश्वर अर्याल कास्की प्रहरीको नियन्त्रणमा छन् ।

सहकारीको ठगी प्रकरणमा पक्राउ पुर्जी जरी भएपछि फरार रहँदै आएका गुरुङ र अर्याल आफ्ना कानून व्यवसायीसहित आफैँ कास्की जिल्ला अदालत पुगेका थिए ।

अदालतमा आज बयान नसकिएकाले उनीहरुलाई प्रहरी नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिए । उनीहरुको बयान भोलि बुधबार पनि निरन्तर हुने डीएसपी विकले बताए ।

गुरुङ पोखरा महानगरपालिका वडा नं. १० लालीगुराँस र अर्याल स्याङ्जा गल्याङ नगरपालिका वडा नं. ९ का वासिन्दा हुन् ।

सहकारीका अध्यक्ष जिबी राईसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा १५ जना अझै फरार छन् ।

यसअघि पक्राउ परेका सहकारीका उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ