arrow

टाटा मोटर्स फन कार्निभल ३.० शुक्रबारदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
tata-motors-carnival3.0.jpg

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्ने भएको छ । 

यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायतका गाडीहरु साट्न सकिने सिप्रदीले जनाएको छ । 

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुची तथा चाहनालाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो । 

मेला यही पुस २० गते शुक्रबारदेखि २२ गते आइतबारसम्म उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, वेष्टर्न मोटर्स् महाराजगञ्ज, जेबी मोटर्स बालकुमारी, सिप्रदी ट्रेडिङ्ग प्राली राधेराधे, भक्तपुर र उपत्यका बाहिर इटहरी र धनगढीमा आयोजना गर्न लागिएको हो । 

फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा ईभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्ने सिप्रदीले जनाएको छ । 

यस कार्निभलको मुख्य उद्धेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जनमार्फत नौलो अनुभूति गर्दै गाडी किन्ने फरक अनुभव प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । 

यस कार्यक्रमको अवसरमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन् । 

साथै यस कार्यक्रममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन पनि कम्पनीले अनुरोध गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ