arrow

सहदेव चौधरीको चोखो माया 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
sahadev-chaudhari-music.jpg

काठमाडौँ । सञ्चारकर्मी एवं गीतकार सहदेव चौधरीले चोखो माया बोलको गीत बजारमा ल्याएका छन् । चौधरीले लेखेको गीतमा संगीता राना प्रधानको स्वर रहेको छ।

प्रेमको आग्रह गरिएको भावको गीतमा जुगल डंगोलले संगीत तथा अरेन्ज गरेका छन् । एक दशकभन्दा बढी समय अगाडि हाम्राकुरा डटकमबाट पत्रकारितामा पाइला चालेका चौधरी निरन्तर ‘मेन स्ट्रिम’ मै रहेर काम गरिरहेका छन् । हाल उनी अनलाइन खबरमा कार्यरत छन् । 

उनी गीत–संगीततिर पनि झुकाव राख्छन् । ‘चोखो माया’ उनले रचेको पहिलो रेकर्ड भएको गीत हो ।

आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको गीतलाई एसियन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ