arrow

डेढ घण्टा मिटिङमा के कुरा भयो ट्रम्प र ओबामाबीच ?

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
Barak_Trump.jpeg
एजेन्सी । अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ट ट्रम्प र बहालवाला राष्ट्रपति बाराक ओबामाबीच भेटवार्ता भएको छ । ह्वाइट हाउसस्थित भएको भेटवार्तामा दुईबीच बाह्य र आन्तरिक नीतिबारे कुरा भएको छ । 
 
डेढ घण्टा लामो मिटिङमा ओबामाले ट्रम्प सफल हुन चाहेमा आफुहरु उनको सफलताको लागि सहयोग गर्न तयार रहेको बताए । ओबामाले यसमा ट्रम्प सफल भए मात्र मुलुक पनि सफल हुने कुरा प्रस्ट्याएँ ।  ट्रम्पले आफुले ओबामासँग यस अघि भेट नभएको भएपनि उनीप्रति आफ्नो उच्च सम्मान रहेको बताए । ट्रम्पले आफ्नो राजनीतिक प्रतिद्वनद्वी समेत रहेका ओबामालाई राम्रो मान्छे भने । 
 
ओबामासँगको भेटमा थुप्रै फरक अवस्थामा, साथै केही आश्चर्य र अफठ्यारो विषयमा छलफल भएको ट्रम्पले बताए । उनले भोलिका दिनमा पनि ओबामासँग परामर्श गर्ने र आवश्यक सर-सल्लाह र सहयोग लिने जनाए । ओबामासँग विगतमा भेट नभएका कारण पनि यो भेट हरेक हिसाबले निकै महत्वपूर्ण रहेको ट्रम्पले बताए । 
 
निकट समयमा आइपर्ने चुनौति र समस्यालाई सहकार्यपूर्ण वातावरणबाट समाधान गर्नुपर्नेमा ओबामाले जोड दिए । उनले उक्त समस्याहरुमा सहयोगको लागि ट्रम्पले आफ्नो समहुलाई सम्झन सक्ने बताए । यसो गर्दा समग्र मुलुकको पनि हित हुने ओबामाले विश्वास व्याक्त गरे । 
 
राष्ट्रपतिको निर्वाचनमा ओबामा डेमोक्र्याटिक उम्मेद्वार हिलारी क्लिन्टनको पक्षमा उभिएका थिए । चुनावी अभियानमा ओबामाले खुलेरै क्लिन्टनलाई सघाएका थिए । चुनावी अभियानका क्रममा ट्रम्पले दिएका अभिव्याक्तिहरुलाई ओबामाले समेत रुचाएका थिएनन् । ट्रम्प गत बुधबार अमेरिकाको ४५ औं राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ