arrow

भन्सार घेर्न गएका आजपाका सात कार्यकर्ता पक्राउ, एक घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
prabhu-sah-rautahat-3-ind-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भन्सार विभाग घेराउका क्रममा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का सात जना नेता कार्यकर्ता पक्राउ परेका छन् । 

यस्तै प्रहरीको धरपकडमा एक जना घाइते भएका हुन् ।  भन्सार कानूनमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन माग गर्दै आजपाले लगातार भन्सार विभाग घेराउ गर्दै आएको छ । 

सोही क्रममा बुधबार विभाग घेराउ गर्न पुगेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । आजपाका अध्यक्ष प्रभु साहले भन्सार घेराउका क्रममा प्रहरीको धरपकड गर्दा तिलक थापा मगर, रञ्जु साह, आर्या पाण्डे, रुपेश दास, कनम सिंह, विकेश साह र पासाङ तामाङ पक्राउ परेका बताए । 

पक्राउ परेकामध्ये रञ्जु घाइते छिन् । उनको खुट्टामा चोट लागेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । 

भन्सार कानूनमा रहेको ४५ प्रतिशत कमिसनको व्यवस्था खारेजीको माग गर्दै आजपाले झण्डै तीन सातायता दोस्रो चरणको आन्दोलन गर्दै आएको छ । आम सम्पर्क मञ्चको अगुवाइमा भन्सार विभाग घेराउ गर्दै आएको आजपाले सरकारले मागको सुनुवाइ नगरेको प्रति आक्रोश पोख्दै आएको छ । 

आम नेपाली जनताको जीवनसँग जोडिएको सवालको तत्काल सुनुवाइ नभए थप कडा आन्दोलन गर्ने आजपाले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ